ताप्लेजुङ : ताप्लेजुङको फुङलिङ नगरपालिका १० फुरुम्बु मयुममा भिरबाट लडेर १ जनाको मृत्यु भएको छ ।
ताप्लेजुङ फक्तालुङ गाउँपालिका ४ ईखाबु घर भई जिल्ला ताप्लेजुङ फुङलिङ नगरपालिका १० फुरुम्बु मयुम ससुरालीले दिएको घर जग्गामा धेरै बर्ष अगाडीबाट श्रीमतिसँगै बस्दै आएका ६३ वर्षीय कर्ण बहादुर ल्याबुङ गाँऊतिर जान्छु भनि २४ गते हिडे पश्चात बेपत्ता भए पछी आफन्तले खोजि कार्य शुरु गरेका थिए ।
सोही क्रममा घरबाट १५ मिनेट दक्षिण नामबारा भिरबाट लडेर बाटो देखि १ सय मिटर तल मृत अवस्थामा फेला पारे पश्चात आफन्तले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरीको टोली खटि कानूनी प्रकृया पुरा गरी शव लाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल ताप्लेजुङ पठाएको उक्त कार्यालयले जनाएको छ ।