इनरुवा : सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर २ भुटाहामा बाढीको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

अकबाल अन्सारीको १३ वर्षीय छोरा तोसिक अन्सारीको बाढीको पानीमा डुबेर मृत्यु भएको हो । उनको सानो भाइसँग बाढीको पानी देख्न नहरमा गएको थियो । अन्सारी अचानक नहरमा खस्दा निस्कन नसकेपछि उनका सानो भाईले कुदेर घर गएर आफन्तहरुलाई जानकारी दिएपछि उनका आफन्तहरु पुग्दा अन्सारीको अतोपतो थिएन ।

उनको खोजी गर्ने क्रममा नहरमा भेटिएको थियो । उनको उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगेपछि मृत्यु भएको इनरुवा अस्पतालले जनाएको छ । मृतकको शवलाई परिक्षण गरी आफन्तलाई जिम्मा लगाइएको छ ।