उदयपुरः गएराती उदयपुरको रौतामाई गाँउपालिकाको ७ र ८ नम्वर वडामा बाढी र पहिरोमा परी एक बालक सहित दुई वेपत्ता भएका छन् ।
रौतामाई गाँउपालिकाको ६ को गुराँसेमा गएको पहिरोमा परेर एक बालक वेपत्ता भएका छन् । यस्तै, वडा नं ८ स्थित डिल्लीबरमा पहिरोले घर पुरिएर एक महिला वेपत्ता भएको उदयपुरका प्रमुख जिल्ला अधिकारी धुर्वबहादुर खड्काले बताए । प्रजिअ खड्काका अनुसार ५५ बर्षीय रणमाया रिखामको घर पुरिदा वेपत्ता भएकी हुन् । उनको एक छोरा घाइते भएका छन्। उनले भने, ‘रातीनै जिल्लाबाट सुरक्षाकर्मीको टोली पठाएर हामी पनि त्यही जाँदै छौ।’
पहिराले पुरिएर अर्जुन तामाङको ९ वर्षिय छोरा वेपत्ता भएका छन् । साथै, उनको श्रीमति पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी बीरबहादुर बुढामगरले जानकारी दिए । एसपी बुढामगरका अनुसार तामाङको पहिरोले घर बगाउनुको साथै गाई, सुगुर लगायतको बगाएको छ।