मोरङ : मोरङको विराटनगर महानगरपालिका १५ बाट लागुऔषध सहित १ जना पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले धरान ६ का ३१ वर्षीय पुर्ण थापामगरलाई चिनी र चना भित्र लुकाई छिपाई ल्याउँदै गरेको डाईजोल्याब १ सय एम्पुल, लुपिजेसिक ९९ एम्पुल, एभिल ८६ एम्पुल र फेनारगन २४ एम्पुल सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका मगरलाई ईलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।