इटहरी : इटहरीमा सर्पले टोकेर एक बालकको मृत्यु भएको छ । सर्पले टोकेको ती बालकलाई अस्पताल नलगी झारफुँक गराउँदा उनको मृत्यु भएको हो । मृत्यु हुनेमा इटहरी– ११ भुसकलुवाका १२ बर्षीय समीर ऋषीदेव रहेका छन् ।

उनलाई बिहान ओछयानमा सुतिरहेकै बेला सर्पले डसेको थियो । अविभावकले केहि समयपछि झारझुक गराउन लगेको र त्यहाँ तुरुन्त अस्पताल लैजान सल्लाह दिएपछि बालकलाई पूर्वी पृतना हेडक्वाटर स्थित सर्पदंश उपचार केन्द्र लगिएको थियो । तर त्यहाँ पुर्याउन निकै ढिला भएका कारण उनको मुत्यु भएको हो ।