झापा : झापाको वाह्रदशी गाउँपालिका भएर बग्ने अन्धुवा खेलाले बगाएर मंगलवारबाट वेपत्ता बनेका एक वालकको सब फेला परेको छ ।
साथीहरुसंग पौडी खेल्न गएका वाह्रदशी गाउँपालिका – ३ राजगढका १२ वर्षीय विजय खड्कालाई खोलाले बगाएर बेपत्ता बनाएको थियो । साथीहरुसंग पौडी खेल्न गएका वालक बेलुकासम्म घर नफर्किएपछि खोज्न जाँदा खोलाको डिलमा वालकले लगाएको कपडा र चप्पल मात्रै भेटिएको थियो ।
वालक वेपत्ता बनेसंगै उनका आफन्त छिमेकी सहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी कार्य तीव्र बनाएको थियो । अविरल वर्षासंगै आएको वाढीका कारण यो वर्ष झापामा चार जनाको मृत्यु भएको छ भने अझैं एक जना वेपत्ता छन् ।