सोलुखुम्बु : सोलुखुम्बुको दुधकुण्ड नगरपालिका ११ मा रहेको लोयर सोलु हाईड्रो पावर कम्पनीका कामदार भारत आछामका ३२ वर्षीय जय देव ईन्टि मृत फेला परेका छन् ।

असार २१ गते देखि हराई बेपत्ता भएका ईन्टिको खोजतलास गर्ने क्रममा बिहिबार दिउँसो २ बजे दाल्दु खोलाको किनारामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । मृतकको कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि जिल्ला अस्पताल फाप्लु पठाईएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।