सुनसरी :  सुनसरीको गढी गाउँपालिका ५ मा भएको मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । बिहिवार अपरान्ह ५ बजेको समयमा तिनमोहडी स्थित भित्री सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ गईरहेको को १० प ४८७१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा पल्टिई छेउमै रहेको पानीको खाल्डोमा पर्दा मोटरसाईकल चालक गढी गाउँपालिका ६ का ३० बर्षीय राजेश्वर मण्डल घाईते भई उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर पठाईएकोमा उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मोटरसाईकल पछाडी सवार गढी गाउँपालिका ६ का २१ बर्षीय जितेन मण्डल र २२ बर्षीय कैलाश भन्ने राम नारायण मण्डल सामान्य घाईते भएको उक्त कार्यालयले जनाएको छ ।