बिराटनगर : चट्याङले हानेर ईलाम र झापामा ४ जना घाइते भएका छन् । शुक्रवार साँझ साढे ६ बजे ईलामको चुलाचुली गाउँपालिका ३ का ५५ बर्षीय चक्रबिर राईलाई घाँस काट्ने क्रममा अचानक चट्याङले हानेर घाईते भएकोमा बिराटनगरको नोबेल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी ईलामले जनाएको छ ।
यसैगरी झापाको बाह्रदशी गाउँपालिका ६ का २६ बर्षीया सुनिता मुर्मु, ४५ बर्षीया माईन सोरेन र ३४ बर्षीया बिना मुर्मु खेतबाट धान रोपेर फर्कने क्रममा अचानक चट्याङले हानेर घाईते भएका हुन् । घाईतेहरुको बि।एण्ड।सी।अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ ।