काठमाण्डौं : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्राडा. राजकुमार रौनियार र त्रिभुवन विश्वविद्यालय विज्ञान संकायका सहायक डिन प्राडा. शम्भुप्रसाद पटेलसहित दुई सय ‘राष्ट्रसेवक’ कर्मचारी घुस लिँदालिँदै पक्राउ परेका हुन् ।
आयोगका अनुसार पक्राउ परेका मध्ये रौनियार र पटेल विशिष्ट श्रेणीका हुन् । एक वर्षको अवधिमा दुई विशिष्ट श्रेणीका कर्मचारी, सात जनप्रतिनिधि र ३२ विचौलियासहित दुई सय जनालाई घुससहित पक्राउ गरिएको छ ।
अख्तियारले सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तह अन्तरगतका निकायमा हुने गरेको तथ्यांक पनि सार्वजनिक गरेको छ । पछिल्लो एक वर्षमा २६ प्रतिशत भ्रष्टाचार र अनियमिततासम्बन्धी उजुरी संघीय मामिला मन्त्रालय र स्थानीय तह अन्तरगतका निकायसँग केन्द्रीत रहेको अख्तियारले जनाएको छ ।
–नागरिक दैनिकबाट