लहान : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग लिएको घूससहित सिरहाको गोलबजार नगरपालिकाका सव–इञ्जिनीयर उमा श्रेष्ठलाई पक्राउ गरेको छ ।
सेवाग्राहीसँग लिएको ५० हजार घूससहित गोलबजारकै एक होटलबाट सव- इञ्जिनीयर श्रेष्ठलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । सेवाग्राहीलाई होटलमा बोलाएर घूस लिएपछि सव–इञ्जिनीयर श्रेष्ठलाई रंगेहात पक्राउ गरिएको अख्तियार बर्दिवासका प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए ।
घूस दिने सेवाग्राहीको नाम भने अख्तियारले गोप्य राखेको छ । पक्राउ परेका सव-इञ्जिनियर श्रेष्ठलाई आवश्यक कारवाहीका लागि अख्तियारको बर्दिवास कार्यालय लगिएको छ ।