धरान : पूर्बाञ्चल डिबिआर अनलाइन टिभीका प्रबन्धक एबंम पत्रकार दिलबहादुर राईले किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति धरान–१३ लाई एक थान प्रिन्टर प्रदान गरेका छन् ।

शनिबार एक कार्यक्रमकाबीच पत्रकार राईले किराया प्राकास धरान १३ लाई ब्रोदर्श कम्पनीको एक थान प्रिन्टर प्रदान गरेका हुन् । उक्त प्रिन्टर पत्रकार राईले संस्थाका अध्यक्ष श्रीपाल राई, निवर्तमान अध्यक्ष मौलमान राईलाई हस्तानतरण गरेका थिए । सोही अवसरमा संस्थाले पत्रकार राईलाई सम्मानित समेत गरेको छ । राई जातीको संस्कार अनुसार पत्रकार राईलाई फेटा गुठेर सम्मान–पत्र प्रदान गरिएको थियो ।

प्रमुख अतिथी किराया धरान नगर सदस्य धनबोल राई, किराया प्राकास धरान १३ का अध्यक्ष श्रीपाल राई र निवर्तमान अध्यक्ष मौलमान राईले संयुक्त रुपमा फेटा तथा सम्मान–पत्र प्रदान गरेका थिए । संखुवासभामा जन्मिएका पत्रकार राई हाल धरानलाई आफ्नो कार्यक्षेत्र बनाएर सक्रिए रुपमा पत्रकारीता गदै आएका छन् ।

कार्यक्रममा बोल्दै पत्रकार राईले आप्mनो जातीय संस्थाको उत्थानको लागि प्रिन्टर प्रदान गरेको बताए । उनले आफुसंग भएर भन्दा पनि सहयोग गर्नुपर्छ भन्ने भावना जागृत भएर सानो सहयोग गरेको बताए । उनले आगामी दिनमा पनि आफ्नो समुदायको लागि सहयोग गदै जाने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रमका प्रमुख अतिथी किराया नगर सदस्य धनबोल राईले जातीय संस्थाको उत्थानको लागि यसरी सहयोग गर्नु आफ्ैमा प्रशंसा योग्य रहेको बताए । यसैगरी, निवर्तमान अध्यक्ष मौलमान राई र संस्थाका सह–सचिब थाम बहादुर राईले पनि संस्थालाई सहयोग गरेको प्रति धन्यवाद व्याक्त गरेका थिए । किराया प्राकास धरान–१३ को कार्यालय परिषरमा भएको कार्यक्रममा संस्थाका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।