झापा : मिस टिन प्रोभिन्स १ को उपाधि विर्तामोड नगरपालिका ४ मा रहेको अनाथ आश्रममा सहारा लिएर बसेकी किशोरी भावना चौहानले जितेकी छिन् ।

उनका बुवा को हुन् उनलाई नै थाह छैन। आमाले सानै छोडेर हिँडिन्। उनी अहिले विर्तामोड ४ मा रहेको तारा नमस्ते बाल ग्राममा आश्रय लिएर विर्तामोडकै महेन्द्र रत्न माविमा कक्षा १२ मा अध्ययनरत छिन् । उनले विर्तामोडमै रहेको होटल म्यानेजमेन्ट कलेजमा स्नातक तह पढ्नका लागि सतप्रतिशत छात्रवृत्ति प्राप्त गरेकी छिन् ।

परिचय राउन्ड, प्रश्नोत्तर राउन्डबाट नै उत्कृष्ट बन्दै आएकी चौहानले अन्तिममा सोधिएको प्रश्नमा गतिलो जवाफ दिएकी थिइन् । देश विकासमा महिलाको भूमिका के हुनुपर्छरु भन्ने निर्णायकको प्रश्नमा उनले ुदेश विकासमा महिलाको भूमिका खोज्ने हो भने पहिला महिलालाई शिक्षित बनाउनुपर्छु भन्ने जवाफ दिएकी थिइन् ।

प्रतियोगितामा दोस्रो र तेस्रो क्रमशः स्मृति सुनुवार र अनुष्का कटवाल भएका थिए । प्रतियोगिता विरता जेसीज र विर्ता मिडिया इन्टरटेन्मेन्ट प्रालिको संयुक्त आयोजनामा शनिवार साँझ सम्पन्न भएको थियो ।