सुनसरी: सुनसरीको बराहक्षेत्र नगरपालिका ५ मा रहेको पोखरीमा पौडी खेल्ने क्रममा १४ बर्षीया बालिकाको डुबेर मृत्यु भएको छ ।
शनिवार अपरान्ह सवा ४ बजे पोखरीमा पौडी खेल्ने क्रममा धनकुटा छिन्ताङकीे पबित्रा श्रेष्ठकी १४ बर्षीय छोरी अनु श्रेष्ठको डुबेर मृत्यु भएको हो । उनी बिगत ७ ८ बर्षदेखि स्थानीय राजु अधिकारीको घरमा बस्दै आएकी थिइन् । श्रेष्ठकी छोरी अनु र उनकी दिदी १६ बर्षीय ममता श्रेष्ठ दुवै पौडी खेल्ने क्रममा अनुको मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
मृतकको शव कानूनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागी बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाएको प्रहरीले जनाएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।