पाँचथर : पाँचथरको हिलिहाङ गाउँपालिका वडा ५ का २ जना युवक तमोर नदीमा बगेर बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा हिलिहाङ ५ सुभाङका २१ वर्षीय छोरा सन्दिप सेवाहाङ र १९ वर्षीय छोरा जीवन सुहाङ छन् । माछा मार्न तमोर नदीमा पसेका उनीहरु हिजो अपराहृन बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पााचथरले जनाएको छ । बेपत्ता युवकहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।