धरान: भेडेटारबाट धरानतर्फ आउदै गरेको भारतीय नम्बर प्लेटको कारले स्कुटीलाई ठक्कर दिदा एक जना गम्भीर घाइते भएका छन् ।

कारको ठक्करबाट स्कुटी चालक इटहरीका २५ बर्षीय देवेन्द्र कार्की घाइते भएका हुन् । निदारमा चोट लागेका उनलाई उपचारको लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । तर, त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि विराटनगर रिफर गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटना दिउँसो ४ बजेतिरको हो । भेडेटारबाट धरान आउदै गरेको व्ज् ज्ञण् द्यत् डज्ञछछ नम्बरको कारले को १० प ३५३१ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो । स्कुटी धरानबाट भेडेटारतर्फ जादै गरेको थियो ।