धरान: सुनसरीको धरानमा पानी छ्यापेको बिषयमा छुरा प्रहारबाट एक जना घाइते भएका छन् ।

आज बिहान साढे १० बजे धरान उपमहानगरपालिका ६ स्थित बिशाल चोक का ३२ बर्षीय काजीमान तामाङलाई छुरा प्रहार भएको हो । कोखामा छुरा प्रहारबाट घाइते भएका उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । खानेपानी छ्यापेको भन्दै उनलाई सोही ठाउँका २० बर्षीय बसन्त लिम्बु र भोजपुरको रामप्रसाद गाउँपालिका स्थायी ठेगाना भएपनि सोही ठाउँमा डेरा गरी बस्ने १९ बर्षीय हाङकोप राईले एक्कासी दाहिने कोखामा छुरी प्रहार गरी घाईते बनाएका थिए ।

घटनाबारे जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय धरानको प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । साथै, घाइतेलाई उपचारको लागी बि.पी. प्रतिष्ठान पठाएको प्रहरीले जनाएको छ । साथै, छुरा प्रहार गर्ने दुबैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।