झापा : भद्रपुरस्थित मेची नदी किनारमा एक शव फेला परेको छ ।  प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका–३ स्थित सीमा पिलर १०७ र १०८ को बीच अर्थात् नेपाल भारत दशगजा क्षेत्रको मेची नदी किनारमा मंगलबार करिब ५० वर्षीय अपरिचित पुरुष मृत अवस्थामा फेला परेको हो ।

शवको प्रकृति हेर्दा करिब एक साताअघि नदीमा डुबेर मृत्यु हुने सक्ने प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए । शव सडेगलेको अवस्थामा फेला परेको पुरुष शरीरमा सेतो कोठे टिसर्ट र खैरो ट्रयाक रहेको बताइएको छ । भारतबाट नेपालतर्फ काम गर्न आउने कामदारले देखेपछि प्रहरी चौकी किचकबधको प्रहरी टोलीले शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ ।