मोरङ : मोरङ विराटनगर महानगरपालिका १५ स्थित राम जानकी मन्दिर छेउबाट लागुऔषधसहित १ जना पक्राउ परेका छन् ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीटोलीले आज बिहान सवा ६ बजे स्थानीय ३० बर्षीय अरजिना खातुनलाई पक्राउ गरेको हो । पक्राउ परेका खातुनले झोलामा लुकाई छिपाई ल्याएको लागुऔषध वरामद भएको जनाएको छ ।

लुपिजेसिक २ सय एम्पुल, एभिल २ सय एम्पुल, डाईजोल्याव २ सय एम्पुल, स्पास्मो १४४ चक्की, नाईट्रेसन ३० चक्की, डाईजेल्याप ५ बोतल र नगद २६ हजार रुपैयाँ समेतबरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका खातुनलाई जिल्ला अदालत मोरङबाट लागुऔषध (नियन्त्रण)ऐन, २०३३ अन्तर्गतम्याद थप गरी अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।