धरान: जर्बजस्ती करणीको आरोपमा धरान ६ का एक युवा पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार स्थानीय २१ बर्षीय युवराज कार्की पक्राउ परेका हुन् । उनले १७ बर्षीय बालिकालाई ललाईफकाई घरको कोठामा लगेर जर्बजस्ती करणी गरेको आरोप छ । बालिकाकी ठुली आमाले बुधबार जाहेरी दरखास्त दिएपछि कार्कीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई बिहिबार जिल्ला अदालतबाट जवरजस्ती करणी मुद्दामा हिरासतमा राख्ने म्याद अनुमती लिएर थप अनुसन्धान भइरहेको पनि इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।