सुनसरी:सुनसरीको हरिनगरागाउँपालिका ५स्थित भोक्राहा नरसिंह गाउँपालीका ८ का २५ बर्षीय राजकुमार मेहताको बाढीले बगाएर मृत्यु भएको छ ।
आज दिउँसो साढे २ बजे खेतबाट ओभर फ्लो भई आएको पानीमा पौडी खेल्ने क्रममा उनलाई बाढीले बगाएको हो । बेपत्ता भएका राजकुमारलाई स्थानिय र प्रहरी चौकी सिसुवा धरमपुरबाट खटिएको प्रहरी टोलीले खोजतलाश गर्ने क्रममा दिउँसो सवा ३ बजे मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।