पाँचथर: पाँचथरको याङवरक गाउँपालिका १ र २ को ठिङगेपुर खोल्छामा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ ।
शुक्रबार साँझ पौने ७ बजेको समयमा याङवरक १ का डम्वर मगरको ११ बर्षीय छोरा अर्बिन मगर पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको हो । उनी डुबेको देखेपछी बहिनिले अभिभावकलाई खवर गरेकी थिइन् । उनलाई पानीबाट तत्काल निकालेर उपचारको लागी जिल्ला अस्पताल फिदिम पुर्याइए पनि ज्यान बच्न सकेन । राती पौने १० बजे अर्बिनलाई डाक्टरले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।