धरान: इलाका प्रहरी कार्यालय धरानले शनिबार कार्यक्षेत्रमै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

कार्यरत प्रहरीका परिवार सहित बिरामी थुनुवाहरुको पनि निःशुल्क स्वास्थ्य चेकजाँच गरेपछि प्रहरीहरुले ड्युटी गर्न आफ्नो मनोबल बढेको बताएका छन् । धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका धरानका चिकित्सकहरुको संस्था हातेमालो फाउण्डेसनसँगको सहकार्यमा शिविर आयोजना भएको थियो । शिविरमा प्रहरीका परिवारजनसहित २ सय ५ जनाले चेकजाँच गराएका थिए भने ५४ जना थुनुवाले पनि जाँच गराएका थिए ।

समाजको सुरक्षाको जिम्मा लिएको प्रहरी स्वस्थ्य भए मात्रै सेवा पनि प्रभावकारी हुने प्रहरीको भनाई छ । समुदाय–प्रहरी साझेदारी अन्तर्गत राखिएको शिविरमा निशुल्क औषधी समेत वितरण गरिएको थियो । समाजको सुरक्षाको जिम्मा लिएको प्रहरी स्वस्थ्य भए मात्रै सेवा पनि प्रभावकारी हुने प्रहरीको भनाई छ । समुदाय–प्रहरी साझेदारी अन्तर्गत राखिएको शिविरमा निशुल्क औषधी समेत वितरण गरिएको थियो । कार्यालयका प्रमुख डिएसपी ढुण्डीराज नेउपानेले शिविरको उद्घाटन गरेका थिए । शिविरमा नाक, कान, घाँटी विभाग, दन्त विभाग, मेडिसिन विभाग, चर्मरोग विभाग, मनोरोग विभाग, बालरोग विभाग, सर्जरी विभाग र हाडजोर्नी विभागका चिकित्सकहरु द्धारा स्वास्थ्य परीक्षण भएको थियो ।