तेह्रथुम : तेह्रथुम छथर गाउँपालिका ३ पन्चकन्या बस्ने १० बर्षिय बादल बि.क. को पोखरीमा डुबेर मृत्यु भएको छ ।

आइतबार अपरान्ह सँबा ५ बजे घर नजिकै रहेको सार्बजनिक पोखरीमा पौडी खेल्ने क्रममा डुबेर विकको मृत्यु भएको भनि स्थानीयले राती पौने ९ बजे प्रहरी चौकी शुक्रबारेमा जानकारी गराएका थिए ।

घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई घटनास्थलको कानुनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।