मोरङ : मोरङ कानेपोखरी गाउँपालिका ५ बस्ने ४२ वर्षीय तेजेन्द्र अधिकारीको कुलोमा डुबेर मृत्यु भएको छ ।

मादक पदार्थ सेवन गरी सोमबार बिहान पौने ११ बजे घर नजिकै रहेको फलैचामा बसिरहेको अवस्थामा सोही फलैचाबाट लडी कुलोमा पर्दा डुबेर अधिकारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।