झापा : पानी तान्ने मोटरको नाङ्गो तार छुँदा झापामा करेन्ट लागेर झापामा एक युवकको मृत्यु भएको छ ।

सोमबार बिहान कनकाई नगरपालिका सेल्फीडाँडा २ बस्ने १९ वर्षीय सोम किस्कुको मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार सोही नगरपालिका बस्ने टेकनारायण संग्रौलाको प्लटिङ जग्गामा काम गर्न जाँदा खेतमा जमेको पानीलाई मोटर लगाएर तान्ने क्रममा विद्युतको नाङ्गो तार छुँदा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका किस्कुको उपचारको बिर्ता सिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।