पाँचथर : जंगली च्याउ खाएर बिरामी परेकी पाँचथरकी एक महिलाको मृत्यु भएको छ ।

फाल्गुनन्द गाउँपालिका–५ की ४८ वर्षीय सुनिता चेम्जोङको विराटनगरको विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । गत साउन ७ गते सासू सन्तमायाले जंगलबाट च्याउ ल्याएकी थिइन्। सोही च्याउ खाँदा सासू बुहारी दुवैजना बिरामी परेका थिए। सन्तमायाको मनमोहन अस्पताल बिर्तामोड झापामा उपचार भइरहेको जानकारी दिइएको छ ।

सुनितालाई त्यहाँ उपचार सम्भव नभएपछि उपचारका लागि विराटनगर ल्याइएको थियो ।