झापा : झापामा साइकल चढेर घरबाट खेल्न निस्किएका एक बालकको खोलामा डुबेर मृत्यु भएको छ, भने एक जना बेपत्ता भएका छन् ।
खोलामा डुबेर झापा बाह्दशी गाउँपालिका २ बस्ने रोहित मलिक (डुम)का ११ वर्षीय छोरा सागरको मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । त्यस्तै खोलाले बगाउँदा सोही गाउँपालिका बस्ने सन्तोष मलिक (डुम)को १२ वर्षीय छोरा बादल बेपत्ता भएको जनाइएको छ ।
प्रहरीका अनुसार दुवै बालक घरबाट साइकल चढेर खेल्न निस्किएको र घाग्रा खोला तर्ने क्रममा साइकलसहित दुवै जनालाई खोलाले बगाएको हुन सक्ने जनाइएको छ। बाह्दशी १ सिप्ताबारी नजिक बिरीङ खोलामा साइकल तथा उनीहरूले लगाएको कपडा फेला परेपछि बालकद्वयको खोजी कार्य तीव्र बनाइएको थियो । खोज तलास गर्ने क्रममा साइकल तथा कपडा फेला परेको स्थानभन्दा ९ किलोमिटर किलोमिटर दक्षिणमा बालक सागर मृत अवस्थामा फेला परेको थियो । बालक बादल अझै फेला नपरेको हुँदा उनको खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए ।