उदयपुर : उदयपुरको कटारी नगरपालिका ८ थलिया बस्ने गंगा बहादुर पुलामी मगरको छोरा ११ वर्षीय हर्क बहादुर पुलामी मगरको पानीमा डुबेर मृत्यु भएको छ ।
हर्क बहादुर मङ्गलबार १० बजे घरबाट करिब ५० मिनेटको दुरीमा रहेको लल्लरी खोलामा साथीहरुसंग पौडी खेल्न भनी गएकोमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको आफन्तले साँझ ईलाका प्रहरी कार्यालय कटारीमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी प्रकृया तथा अनुसन्धान भईरहेको उक्त कार्यालय जनाएको छ ।