मोरङ : मोरङको कटहरी गाउँपालिका ४ बस्ने मोटा खिस्कुको १ वर्षिय छोराको खाल्डोमा डुबेर मृत्यु भएको छ ।
आज अपरान्ह सवा ४ बजेको समयमा आफ्नै घरमा खेल्ने क्रममा नजिकै जमिरहेको पानीको खाल्डोमा डुबीरहेको अवस्थामा उनकै आमाले फेला पारेको थियो । छोरालाई तत्काल उपचारको लागी कोशी अस्पताल पुर्याएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको समेत उक्त कार्यालयले जनाएको छ ।