सुनसरी: सुनसरी ईनरुवा नगरपालिका ७ बर्छवाका १३ बर्षीय अर्पण खवासको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
आज दिउँसो १ बजे घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको हो । पोखरीमा बेहोस अवस्थामा भेटिएका खवासलाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पुर्याए पनि चिकित्सकले सवा २ बजे मृत्यु भईसकेको घोषणा गरेका थिए । चिकित्सकले मृत्यु भएको जानकारी गराएपछि मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय सुनसरीमा घटनाबारे खबर गरेको प्रहरीको भनाई छ ।