संखुवासभा: संखुवासभाको मकालु गाउँपालिका ३ एक्वामा एक वृद्धको भीरबाट लडेर ज्यान गएको छ ।

स्थानीय ६२ बर्षीय घले शेर्पाको भीरबाट लड्दा घट्नास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार दिउँसो बजारमा पुजाको सामाग्री खरीद गर्न गएका शेर्पा फर्कने क्रममा राती ९ बजे नजिकै रहेको महाभीरबाट खसेका थिए । उनी अन्दाजी ५० मिटर तल खस्दा मृत्यु भएको आफन्तजनले आज बिहान प्रहरीमा खबर गरेका थिए । घटनाबारे जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय हेदाङनाबाट प्रहरी टोली घटनास्थल पुगेको छ ।