धरान: धरान १३ स्थित शिखर युवा समाजले उद्घोषण तालिम आयोजना गरेकये छ । तालिम लिएपछि धेरै युवाहरु उत्साहित भएका छन् ।

तालिम निक्कै फलदायी भएको भन्दै आयोजक र सहभागीहरु उत्साहित छन् । नेपाल रेडक्रस सोसाइटी सुनसरीको सभाहलमा करिब ३५ जना प्रशिक्षार्थी तालिममा सहभागी भएका थिए । उक्त तालिमको प्रशिक्षकमा सुनसरी उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य तथा धरान जेसीजका पूर्व अध्यक्ष विष्णु बराल र लायन्स क्लब अफ बुढासुब्बाका पूर्व अध्यक्ष दिपेन्द्र निरौला रहेका थिए ।

IMG_20190803_150103

प्रशिक्षण लिएपछि आफु भित्र रहेको प्रतिभाको पहिचान भएको तालिममा सहभागी गंगा तामाङले प्रतिक्रिया दिइन् । यस्तै, तालिममा सहभागी भएका शिक्षकसमेत रहेका बलवन्त ठाकुरले पनि २० बर्ष होस् वा ८० बर्षको उमेर होस्, सिकाई कहिल्यै नटुंगिने बताए । “मानिस ८० वर्षको होस् या २० वर्षको होस्, उसको सिकाईको क्रम कहिल्यै टुङ्दिैन र उ सिकुन्जेल युवा नै हुन्छ”उनले भने ।

आयोजक समाजका अध्यक्ष युनेश राना मगरको सभापतित्वमा सम्पन्न सो तालिमको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापा रहेका थिए । तालिममा शारा थापा स्मृति प्रतिष्ठानका अध्यक्ष वीरेन्द्र सिंह थापा, नेपाल रेडक्रस सोसाइटी सुनसरीका सदस्य श्याम पोख्रेल तथा वडा सदस्य रहिसा कसजुको समेत सहभागिता रहेको थियो ।