झापा: झापाको कन्काई नगरपालिका ५ चत्रामारीका सोमनाथ अधिकारीको घरमा आगलागी हुँदा अन्दाजी ५० लाख बराबरको क्षति भएको छ ।
आज बिहान सवा १० बजे अधिकारीको काठले बनेको टिनको छाना भएको घरमा बिजुलिको तार सर्ट भई अचानक आगलागी भएको बताइएको छ । आगलागीले घर भित्र रहेको लत्ता कपडा, भाडा वर्तन, खाद्यान्न तथा फर्निचरको समान जलेर नष्ट भई उक्त मुल्य बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।

उक्त आगलागी प्रहरी, बिर्तामोड नगरपालिकाको दमकल तथा स्थानीयवासीको सहयोगमा बिहान सवा ११ बजे पुर्ण रुपमा नियन्त्रणमा लिईएको थियो भने आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको उक्त कार्यालयले जनाएको छ ।