पथरी: मोरङ्ग पथरीशनिश्चरेका लक्ष्मण लिम्वु घाइते अवस्थामा विराटनगरको नेपाल वैक अगाडी फेला परेका छन ।

वैक अगाडीको सडकमा भेटीएका लिम्वुले व्लेडले आफ्नै घाटी काटेको अवस्थामा फेला परेका हुन् । स्थानियले सो अवस्थामा लिम्वुलाई देखेपछि आइतवार दिउँसो प्रहरीलाई खवर गरेका थिए । मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले लिम्वुलाई घाइते अवस्थामा भेटेको बताए । रक्ताम्य अवस्थामा भेटिएका उनलाई ईलाका प्रहरी रानीले उद्धार गरेर उपचारका लागि कोसी अस्पताल पुर्याइएको छ ।

ब्लेडले काटेर घाँटीको अगाडि पट्टीको भागमा गहिरो चोट लागेको र श्वासनलीमा समेत असर परेको उपचारमा संलग्न चिकित्सक डा. प्रज्वल खतिवडाले बताए । सामान्य बोल्न सक्ने अवस्थामा उद्दार गरिएका लिम्बू लागुऔषध प्रयोगकर्ता भएको खुलेको छ । प्रहरीका अनुसार उनी दैनिक जसो भारतको जोगवनी पुगेर लागुऔषध सेवन गर्दै नेपाल फर्कने गरेका थिए । सामान्य बोल्न सक्ने अवस्थामा रहेका उनले घरमा बुवा र आमा वृद्ध अवस्थामा रहेका कारण आफूलाई तनाव भएकाले ब्लेडले घाँटी रेटेर आत्महत्याको प्रयास गरेको प्रहरीलाई बताएका छन् । उनको अवस्था गम्भीर चिकित्सकले बताएका छन् ।