संखुवासभा : संखुवासभाको खाँदवारी नगरपालिका ९ का ४५ वर्षीय ऋषिकेश निरौलाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
सोमबार दिउँसो साढे १ बजेको समयमा खाँदवारी नगरपालिका ९ मा रहेको सभाखोलामा पौडी खेल्ने क्रममा डुबेर घाईते भएका निरौलालाई अन्य पौडी खेलिरहेका साथीहरुले उद्दार गरी उपचारको लागि मनकामना अस्पताल तुम्लिङटार पठाएकोमा उपचारको क्रममा साँढे २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।