उदयपुर: उदयपुरको त्रियुगा नगरपालिका ६ का ६४ बर्षीय निर बहादुर श्रेष्ठको त्रियुगा खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ ।

आज बिहान साँढे ७ बजे त्रियुगा खोलाको २ नम्बर पुल नजिक नुहाउने क्रममा अचानक पानीमा डुबेर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय उदयपुर तथा ईलाका प्रहरी कार्यालय जलजलेबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।