मोरङ: मोरङको लेटाङ नगरपालिका ६ घुम्तिमा आज बिहान भएको आगलागीमा परी पत्रकार भक्तबहादुर राईसहितको ३ घर जलेर नष्ट भएको छ ।
बिहान करिब ५ बजे भएको आगलागीमा परर ५० लाख बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । स्थानीय मेश बहादुर बिकको भान्सा घरबाट अचानक आगलागी शुरु भएको थियो । आगलागीबाट बिकको भान्सा घर, छिमेकी ठोल प्रसाद मगर र भक्त बहादुर राईको २-२ तले घर तथा घर भित्र रहेको सम्पुर्ण समान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उक्त आगलागी नेपाल प्रहरी, नेपाली सेना, बारणयन्त्र तथा स्थानीयवासीको सहयोगमा करिब एक घण्टाको समयमा नियन्त्रणमा आएको थियो । कुनै पनि मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।