झापा: झापाको बुद्धशान्ति गाउँपालिका ६ शान्ति नगरका खड्कबहादुर लिम्बुको १४ महिनाको छोरीको पोखरीमा डुबेर मृत्यु भएको छ ।

आज दिउँसो सवा १२ बजे साखिम लिम्बुको पोखरीमा डुबेर मृत्यु भएको हो । घर नजिकै रहेको माछा पोखरीको छेउमा खेल्ने क्रममा सोही पोखरीमा डुबेकी थिइन् । पोखरीमा डुबेर बेहोस भएकी साखिमको उद्दार गरी उपचारको क्रममा बिर्तामोड तर्फ ल्याउदै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जानकारी दिएको छ । घटनाको जानकारी पाउनासाथ प्रहरी टोली खटिएर घटनास्थलतर्फ गएको र कानुनी प्रकृया भईरहेको उक्त कार्यालयले जनाएको छ ।