मोरङ: मोरङको बेलवारी नगरपालिका ११ मा भएको आगलागीमा परी ३ घर जलेर नष्ट भएको छ भने करिव १६ लाख रुपयाँ बराबरको क्षति भएको छ ।

मंगलवार राती सवा ८ बजे स्थानीय सुजन राईको घरमा बिजुलीको तार सर्ट भई अचानक आगलागी हुँदा टिनको छाना भएको १ तले कच्ची घर, छिमेकी कुमार बिक र दिल कुमारी लिम्बुको समेत घर जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा राती पौने ९ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको थियो । उक्त आगलागीमा परी दिल कुमारी लिम्बुको ४ वटा बाख्रा समेत जलेर मरेको तथा मानवीय नभएको उक्त कार्यालयले जनाएको छ ।