झापा: झापाको दमक नगरपालिका–३ शरणार्थी शिविरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
बुधवार साँझ साँढे ६ बजे शरणार्थी शिविरको खाद्यान्न गोदाम छेउको पोलमा करेन्ट लाग्दा पाथिभरा नेटवर्किङ प्रालिका कर्मचारी झापा दमक नगरपालिका ३ बस्ने २३ बर्षीय प्रकाश कार्कीको मृत्यु भएको हो । नेटवर्कको तार टाँग्ने क्रममा करेन्ट लागेर गम्भीर घाईते भएका कार्कीलाई उपचारको लागि दमकको आम्दा अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा बेलुका सवा ७ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।