झापा: झापाको दमकमा रहेको लायन्स क्लब अफ दमक बिगबुद्व र दमक नगरपालिका वडा नम्बर ७ को संयुक्त आयोजनामा एक मिनेटमै १ सय २६ फुल रोपिएको छ ।
दमक नगरलाई हरित नगर बनाउने लक्ष्य अनुरुप नगरपालिका कार्यालयदेखि पशु हाटसम्म बाटोको पुर्वपट्टी फुलका बिरुवा रोपिएको हो । दमक नगरपालिका वडा नम्बर ७ का अध्यक्ष भीम पौडेलको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बिच १ मिनेटको अवधीमा १ सय २६ वटा बिरुवा रोपिएको हो ।
प्रमुख अतिथी तथा दमक नगरपालिका वडा नम्बर ७ का अध्यक्ष पौडेलले लायन्सको यस्ता प्रकारको रचनात्मक कामले वडालाई काम गर्न निकै सहज भएको र आगामी दिनमा क्लब सगंको सहकार्यमा थप काम गर्दै अघि बढ्ने धारणा ब्यक्त गरे । कार्यक्रममा १ सय २६ गमलामा १ सय २६ जना भन्दा बढीले एकै साथ स्वयमसेवकको इसारा अनुरुप १ मिनेटमा वृक्षारोपण गरेका हुन् । वडाले तयार पारेका गमलामा आफ्नो क्लबले मल र फुल उपलब्ध गराएर फरक तरिकाले वृक्षारोपण गरेको लायन्स क्लब अफ दमक बिग बुद्व का अध्यक्ष दिवस राईले बताए ।









































































