धरान: सामुहिक जबरजस्ती करणी मुद्दामा सुनसरी जिल्ला अदालतबाट कैद जरीवाना तोकिए पनि फरार भएका धरानका एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

घटना भएको १२ बर्षपछि इलाका प्रहरी कार्यालयले धरान ८ का २९ बर्षीय माइला भनिने पुष्प भुजेललाई हिजो बुधबार पक्राउ गरको हो । प्रहरीका अनुसार २०६४ पुष ५ गते १४ बर्षीय बालिकालाई सामुहिक जर्बजस्ती करणी मुद्दामा उनीविरुद्ध जिल्ला अदालतले २०७३ भदौ १६ गते फैसला गरेको थियो ।

जिल्ला अदालतको फैसला अनुसार ११ बर्ष कैद सजाय तोकिएको छ । फैसला भएपनि उनी पक्राउ परेका थिएनन्, र फरार सुचीमा थिए । उनलाई पक्राउ गरेर कैद भुक्तानको लागि जिल्ला अदालत सुनसरीमा पठाइएको प्रहरीले जनाएको छ ।