मोरङ : मोरङको उर्लाबारी नगरपालिका ७ बाट लागुऔषध सहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज बिहान १० बजेको समयमा ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को ३२ प ६४८५ नम्बरको मोटरसाईकलाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक पथरी शनिश्चरे नगरपालिका २ का २६ वर्षीय अनुज राईको साथबाट लुपिजेसीक १७ एम्पुल, डाईजेपम १७ एम्पुल र प्रोमोजोन १ एम्पुल बरामद गरेको थियो । लागुऔषध सहित पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय उर्लावारीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।








































































