झापा : झापामा घरायसी विवाद हुदा छोराले बुवाको हत्या गरेका छन् । आफ्नै छोराले दाउराको चिर्पट प्रहार गरी बुबाको मृत्यु भएको हो ।
झापा कमल गाउँपालिका १ बस्ने अन्दाजी ७० वर्षीय सूर्यबहादुर थापालाई उनकै ३० वर्षीय छोरा प्रकाश थापाले हत्या गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार शुक्रवार बिहान ७ बजेको समयमा बुबा छोरा बिच घरायसी विवाद हुँदा छोराले दाउराको चिर्पट बुबाको टाउको प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको छ । यता बुबाको हत्या गर्ने छोरा प्रकाशलाई प्रहरी चौकी तोपगाछीबाट खटिएका प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए