मोरङ: विराटनगर महानगरपालिका ५ बरगाछी स्थित कोशी राजमार्गमा कन्टेनरको ठक्करबाट साइकल यात्री एक महिलाको मृत्यु भएको छ ।
बिहिबार राती १० बजे भएको घटनामा विराटनगर १ का ३५ बर्षीया स्वेता सहनीको मृत्यु भएको हो । उत्तरबाट दक्षिणतर्फ जादै गरेको भारतीय कन्टेनर गाडीले भित्री बाटोबाट निस्किदै गरेको साईकललाई ठक्कर दिएको थियो । ठक्करबाट घाईते भएकी साईकलयात्री सहनीको विराट नर्सिङ होम बिराटनगरमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने गाडी र गाडी चालक भारत बिहार भागलपुरका ३३ बर्षीय मो. सम्सुललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।