संखुवासभा: संखुवासभाको खाँदबारी नगरपालिका ९ तुम्लिङटारमा एक ४ बर्षीय बालकको पोखरीमा डुबेर मृत्यु भएको छ ।
स्थानीय बिरबहादुर कुमालको ४ बर्षीय छोरा बिमल कुमालको पोखरीमा डुबेर मृत्यु भएको हो । बिहिबार राती पौने ८ बजे घर नजिकै रहेको कोशी कोरीडोरको पानी जमाउन खनेको सानो पोखरी छेउमा खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभामा घटनाको जनाकरी आएपछि प्रहरी टोली खटिएर कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।