झापा : झापामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर ४ स्थित रंगेडाँडा बस्ने ३० वर्षीय इन्द्र बहादुर राई र २६ वर्षीय विजय राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभएको छ ।
इन्द्र बहादुरको घरमा ब्राउन सुगरको कारोबार हुने गरेको गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएका प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट अन्दाजी १ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय झापामा राखिएको छ ।