इटहरी : इटहरीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । इटहरी–१६ बालग्राममा भ्यानको ठक्करबाट एक पुरुषको मृत्यु भएको हो ।
इटहरीबाट इनरुवा जाँदै गरेको को १ ज ३६६० नम्बरको भ्यानले गएराती पैदलयात्रीलाई ठक्कर दिदाँ उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ । प्रहरी निरीक्षक जितेश दाहालका अनुसार बाटो क्रस गर्ने क्रममा अन्दाजी ४० बर्षीय पुरुषलाई ठक्कर दिदाँ उनको घटनास्थलमै मृत्यु भएको हो । उनलाई चिन्ने मान्छे कोही पनि सम्पर्कमा आउनु भएको छैन, दाहालले भने । शवको पहिचान नभएकाले अहिले जिल्ला अस्पतालमा राखिएको छ ।
भ्यान चालक बराहक्षेत्र नगरपालिका–२ चतराका २५ वर्षीय रबिन दुलाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।