झापा: झापाको हल्दिवारी गाउँपालिका ५ स्थित शान्ति सामुदायिक वनबाट अबैध भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

शुक्रबार राती साढे ८ बजेको समयमा सोही स्थानका ६० बर्षीय ताराहाङ राईलाई प्रहरी चौकी जलथलको गस्ती टोलीले पक्राउ गरेको हो । उनको साथबाट एक थान भरुवा बन्दुक पनि वरामद भएको छ । पक्राउ परेका राईलाई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय झापामा ल्याएर अनुसन्धान गरिरहेको जनाएको छ ।

तस्बिर स्रोत: गुगल